• ४ माघ २०८२, आइतबार

फेरीबाट दुधकोशीमा खसेको बस

blog

क्याप्सन उदयपुर र भोजपुरबीचको सुनकोशीमा सञ्चालित अस्थायी फेरीबाट कोशीमा डुवेको यात्रुबाहक बस निकाल्ने प्रयास गर्दै । तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल

गाईघाट, पुस ४ गते । उदयपुर र भोजपुर जिल्ला जोड्ने सुनकोशी नदीमा मापदण्ड विपरित सञ्चालन हुँदै आएको अस्थायी फेरीको लापरबाहीका कारण यात्रुबाहक बस कोशीमा डुबेको छ । कुनै प्राविधिक परीक्षण, सुरक्षा मापदण्ड तथा सरकारी स्वीकृति बिना सञ्चालन हुँदै आएको फेरीमार्फत् बस तार्ने क्रममा सो दुर्घटना भएको हो ।

सुनसरीको इटहरीबाट भोजपुर जिल्लाको बालंखा तर्फ जाँदै गरेको बा ३ ख ६३३९ नम्बरको यात्रुबाहक बस दुधकोशी नदी पार गराउने क्रममा फेरि अचानक असन्तुलित भएर बस नदीमा डुबेकोमा अपरान्ह स्काभेटरको सहायताले बाहिर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।  

उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंले फेरीबाट चिप्लिएर बस पानीमा डुवेको तर कुनै मानवीय क्षति नभएको बताउनुभयो ।