• ४ माघ २०८२, आइतबार

बालेनसँगै सुधन गुरुङ रास्वपा प्रवेश

blog

काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह (बालेन)सँगै जेनजी अगुवा सुधन गुरुङ। फाइल तस्बिर

काठमाडौँ, माघ ४ गते । काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह (बालेन)सँगै जेनजी अगुवा सुधन गुरुङसमेत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्नु हुने भएको छ । 

अहिले रास्वपा कार्यालयमा बालेन र सुधनलाई औपचारिक रूपमा स्वागत गर्ने कार्यक्रम रहेको छ । 

सुधनले भनेका छन्, ‘आज दिउँसो ३ः३० बजे, बालेन शाह र म औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गर्दैछौँ। यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि होइन, जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको हो।’

सुधनले फागुन २१ गतेको चुनावमा गोरखा २ बाट उम्मेदवारी दर्ता गर्ने योजना अनुसार रास्वपा प्रवेश गर्ने निर्णय सार्वजनिक गर्नु भएको छ । उहाँले फेसबुकमा थप लेख्नु भएको छ, ‘तपाईंहरूले माग गर्नुभएको जवाफदेहिता, दिशा र नतिजालाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको छ। जनहित पहिलो प्राथमिकता रहने छ, युवाको विश्वास सुरक्षित रहने छ, र परिवर्तनलाई स्थायी बनाइने छ। यो यात्रा तपाईंहरूसँगै अघि बढ्छ। मिसन गोरखा क्षेत्र नम्बर –१’