• ४ माघ २०८२, आइतबार

हिमालयन च्यालेन्जर्स : अभिकलाई पाँच अङ्कको अग्रता

blog

काठमाडौँ, माघ ४ गते । हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेसको सातौं दिन शनिबार शीर्षस्थानमा रहेका अभिक शाहले उजिभानी कँडेललाई पराजित गर्दै पाँच अङ्कको अग्रतालाई कायमै राख्नुभएको छ । 

लगातार सात खेल जितेका अभिकले अधिकतम २१ अङ्कको जोडेर शीरषस्थानमा पकड बलियो बनाउनुभएको छ । दोस्रो वरीयताका सजल न्यौपाने १६  अङ्कसहित दोस्रोमा हुनुहुन्छ ।

उहाँले सातौँ चरणमा अनरेटेड खेलाडी अरिज राईलाई पराजित गर्नुभयो । लियोन महर्जनलाई हराएर १५ अङ्क बनाउनुभएकी  निहाना श्रेष्ठ तेस्रो स्थानमा हुनुहुन्छ । 

१९१८ रेटेड अभिकले आठौँ चरणमा निहानाविरुद्ध प्रतिस्पर्धा गर्नुहुनेछ । निहानाविरुद्ध जित हासिल गर्नसके अभिकले एक खेल बॉकी छँदै उपाधि पक्का गर्नुहुनेछ ।