काठमाडौँ, माघ ४ गते । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आइतबार प्रधानमन्त्रीसमक्ष राजीनामा दिनु भएको हो।
बिमा बोर्डले भुक्तानी रकम दिन नसकेको भन्दै सरकारी अस्पतालहरूले हाल धमाधम बिमा कार्यक्रम बन्द गर्ने घोषणा गरेका छन् ।
त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमामार्फत बिमितको उपचार गरेबापत बोर्डबाट करिब ४० करोड भुक्तानी लिन बाँकी रहेको भन्दै बिमा कार्यक्रम बन्द गर्ने निर्णय गरिसकेको छ ।
स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक संस्थालाई ११ अर्ब रुपियाँभन्दा बढी भुक्तानी दिन बाँकी छ । तर अर्थ मन्त्रालयले यही मोडलमा बिमा कार्यक्रम चल्ने हो भने थप अनुदान दिन नसक्ने स्पष्ट पारेको छ । उहाँलाई तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक नियुक्त गर्नु भएको थियो ।