• २९ पुस २०८२, मङ्गलबार

विद्यार्थीमाथि आक्रमण गर्नेको मोटरसाइकलमा आगजनी

blog

सुनसरीको इनरुवा नगरपालिका ४ स्थित पूर्वपश्चिम राजमार्गमा जलाइएकाे माेटरसाइकल । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, पुस २९ गते । सुनसरीको इनरुवा नगरपालिका ४ स्थित युनिक एकेडेमीको कक्षा १० का विद्यार्थीबिच भएको विवादमा अभिभावकले विद्यालयमा आक्रमण गरेको छ । 

मङ्गलबार बिहान कक्षा १० मा पढ्ने आफ्नो छोरालाई सोही कक्षाका विद्यार्थीले सरस्वती पूजाको चन्दाको विषयमा कुटपीट गरेको भन्दै इनरुवा नगरपालिका ४ का ४२ वर्षीय लालदेव ठाकुरले विद्यालयमा विद्यार्थी आक्रमण गरेको दाबी गरिएको छ । 

ठाकुरले आफू सशस्त्र प्रहरी भएको र आफ्नो छोराछोरीमाथि कसैले हात लगाउने ? भन्दै कक्षा १० का सौरम मेहता, सन्दिप मेहता सहितका विधार्थी माथि कुटपीट गरेको दाबी गरेको हो । 

विद्यार्थीले ठाकुर विरुद्ध नाराबाजी गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरी अगाडि धर्ना दिनुको साथै ठाकुरको प्रदेश १.०२.०४९ प. ५९९४ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन् । विधार्थीको आन्दोलनका कारणले केही बेर राजमार्ग अवरुद्ध भएको थियो भने प्रहरी कार्यालय अगाडि समेत केही बेर तनाव भएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीले पीडक ठाकुरमाथि अनुसंधान र कारबाही गर्ने आश्वासन दिएपछि सडक सुचारु भएको थियो । 

आरोपित सशस्त्र प्रहरीको परिचरमा कार्यरत लालदेव ठाकुरसहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनु भयो । उहाँले पीडक ठाकुरसहित माथि अनुसन्धान गर्ने प्रकृया अगाडि बढाएको बताउनु भयो ।