काठमाडौँ, पुस २९ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा बुधबार देखि राष्ट्रिय लिग फुटबल सुरु हुँदैछ । दशरथ रङ्गशालामा हुने उद्घाटन खेलमा काँक्रेबिहार युवा क्लब र फ्रेन्ड्स क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
लिगमा १७ क्लबको सहभागिता रहनेछ । लिगअघि मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा सहभागी सबै टोलीका प्रशिक्षक र कप्तानले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि चुम्ने दाबी गरेका छन् ।
तीन वर्षदेखि शहिद स्मारम ‘ए’ डिभिजन लिग आयोजना गर्न नसकेको एन्फाले सिंगल राउन्ड रोबिनको आधारमा राष्ट्रिय लिग सञ्चालन गर्न लागेको हो । लिगका खेलहरु दशरथ रङ्गशाला, सातदोबाटोस्थित एन्फा मैदान र च्यासल मैदानमा हुनेछ ।
लिगमा हिमालयन शेर्पा क्लबबाहेक १३ वटा ए’ डिभिजनसहित मोफसलका लालिगुराँस एसोसिएसन, काँक्रेबिहार युवा क्लब, नव जनगाजृतगि क्लब र चित्लाङ एफसी प्रतिस्पर्धा गर्नेछन् । लिगको विजेता टोलीले ५० लाख रुपियाँ पुरस्कार पाउनेछ ।