शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, असार २९ गते । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई सयले ओरालो लागेर ९४ हजार तीन सय रुपियाँ तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९४ हजार पाँच सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार आठ सयमा छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपियाँले घटेर एक हजार १७० रुपियाँ तोकिएको महासङ्घले जनाएको छ ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                