• १० मंसिर २०८१, सोमबार

नेपाल र स्टकल्यान्डको खेल आज

blog

फाइल तस्बिर ।

काठमाडौं, असार २९ गते । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले आज घरेलु टोली स्कटल्यान्डको सामना गर्दैछ । नेपाली समय अनुसार दिउँसो ३ : १५ बजे सुरु हुने खेलमा नेपाल पहिलो जित निकाल्ने योजनामा छ । सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।

खराब ब्याटिङका कारण नामाबियासँग खेल गुमाएको नेपाललाई स्कटल्यान्डसँग खेल्दा दबाब हुनेछ । यता घरेलु टोली स्कटल्यान्ड लगातार दोस्रो जित निकाल्ने अभियानमा छ । स्कटल्यान्डले यस सिरिजको पहिलो खेलमा नमिबियालाई हराएको थियो ।

लिग–२ मा १७ खेल सकेको नेपाल १५ अंकसहित तालिकाको छैटौं स्थानमा छ । २१ खेलबाट ३० अंक बनाएको स्कटल्यान्ड दोस्रो स्थानमा छ । नेपालले सिरिजको तेस्रो खेल नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेल स्कटल्यान्डविरुद्ध जुलाई १७ मा खेल्नेछ ।