गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २४ गते । वाणिज्य, आपूर्ति तथा उभपोक्ता संरक्षण विभागको अनुगमन टोली बुधबार काठमाडौँ र ललितपुरका चार वटा प्लास्टिक उद्योगलाई जरिबाना गरेको छ ।
विभागको अनुगमन टोली दर्ता वा नवीकरण नभई वा तोकेको मापदण्डभन्दा कम गुणस्तरको प्लास्टिकको झोला बिक्री गरेको कसुरमा चार प्लास्टिक उद्योगलाई जरिबाना गरेको हो । विभागले मङ्गलबार पनि दुई त्यस्तै उद्योगलाई जरिबाना गरेको थियो ।
विभागका अनुसार काठमाडौँको प्रशन्ना प्लास्टिक उद्योग, विन्दवासिनी प्लास्टिक उद्योग, रामकृष्ण प्लास्टिक उद्योगलाई दुई/दुई लाख रुपियाँका दरले जरिबाना गरेको छ भने सङ्घाई प्लास्टिक उद्योगलाई ५० हजार रुपियाँ जरिबाना गरेको छ । विभागका निर्देशक भरतप्रसाद आचार्यले उपत्यकामा सञ्चालित प्लास्टिक उद्योगको अनुगमनका व्रmममा न्यूनतम मापदण्ड पूरा नगरेको उद्योगलाई कसुरका आधारमा जरिबाना गरेको जानकारी दिनुुभयो । यस्तै विभागले जरिबानामा परेका चार उद्योगसहित १४ वटा प्लास्टिक उद्योगको अनुगमन गरेर ४० माइव्रmोनभन्दा कमका प्लास्टिक झोला बिव्रmीवितरण नगर्न निर्देशनसमेत दिएको छ ।