• २३ पुस २०८२, बुधबार

बेलौरीका विद्यालय चार दिन बन्द

blog

भवानीदत्त भट्ट
कञ्चनपुर, पुस २२ गते ।
कञ्चनपुरको बेलौरी नगरपालिकाले पालिकास्थित विद्यालयहरूमा थप चार दिन बिदा दिएको छ ।मौसम प्रतिकूलताका कारण मङ्गलबारदेखि पुस २५ गतेसम्म चार दिन जाडो बिदा दिइएको पालिकाको शिक्षा शाखा प्रमुख अमितप्रसाद भट्टले जानकारी दिनुभयो । यसअघि पुस १७ र १८ गते पनि पालिकास्थित विद्यालयहरूमा जाडो बिदा दिइएको थियो ।

हालको मौसमी प्रतिकूलताका कारण विद्यार्थी, शिक्षक, कर्मचारीको स्वास्थ्यमा पर्ने असरलाई दृष्टिगत गर्दै विद्यालयको सञ्चित हिउँदे बिदाबाट कट्टी हुने गरी बेलौरीस्थित सामुदायिक र संस्थागत सबै विद्यालयमा जाडो बिदा दिइएको शिक्षा शाखा प्रमुख भट्टले बताउनुभयो । उहाँका अनुसार, मङ्गलबारदेखि आगामी शनिबारसम्म विद्यालयहरू बन्द रहनेछन् ।

अत्यधिक चिसोका कारण विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न सक्ने भएकाले विद्यालयहरूमा  जाडो बिदा दिइएको उहाँले बताउनुभयो । बिदाको समयमा सुरक्षित तरिकाले घरमा बसेर अध्ययन गर्न पालिकाले विद्यार्थीहरूलाई आग्रह गरेको छ । बेलौरी नगरपालिकामा ३१ सामुदायिक र २१ संस्थागत गरी ५२ विद्यालय सञ्चालनमा छन् ।