• २३ पुस २०८२, बुधबार

सुदूरपश्चिम प्रदेश सभामा रास्वपाको दुई प्रदेशसभा सदस्य

blog

प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरी र डा. ताराप्रसाद जोशी ।

अविनाश चौधरी

धनगढी, पुस २१ गते । राष्ट्रिय स्वतन्त्र पार्टीले दुई प्रदेशसभा सदस्यसहित सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने भएको छ । नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्य रहनुभएका लक्ष्मणकिशोर चौधरी र स्वतन्त्र प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशी सो पार्टीमा गएपछि रास्वपाको पनि प्रदेश सभामा प्रतिनिधित्व हुनेभएको हो । 

२०७९ को निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रदेश सभातर्फ एउटा पनि सिट नजितेको रास्वपा जितबिनै प्रदेश सभामा प्रतिनिधित्व गर्ने दल बन्ने भएको छ । 

स्वतन्त्र प्रदेशसभा सदस्य जोशी कुलमान नेतृत्वको उज्यालो पार्टी हुँदै यसअघि नै रास्वपामा समाहित हुनुभएको थियो । नागरिक उन्मुक्तिका प्रदेशसभा सदस्य चौधरी आज काठमाडौंमा रास्वपामा समाहित हुनुभएको छ ।