• २२ पुस २०८२, मङ्गलबार

एक सय ५० परिवारलाई कम्बल वितरण

blog

कम्बल वितरण । तस्बिर : सुधा देव

सुधा देव

भारदह(सप्तरी),पुस २१ गते । जिल्ला प्रशासन कार्यालय सप्तरीले सोमबार छिन्नमस्ता गाउँपालिका ५ लोखरमका दलित विपन्न  १ सय ५० परिवारलाई  कम्बल वितरण गरेको छ ।

यसअघि झाडा पखालाबाट प्रभावित क्षेत्र भएकोले अति विपन्न परिवारको बस्ती भएकोले पछिल्लो दुई साता यता अत्यधिक जाडो बढेपछि तत्काल केही राहत हुने उद्देश्यले कम्बल वितरण गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेले जानकारी दिनुभयो ।

कम्बल वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी, राष्ट्रिय अनुसन्धान प्रमुख कुलचन्द्र नेपाल तथा वडा अध्यक्ष जयप्रकाश ठाकुरको उपस्थिति थियोे ।

जिल्लामा शीतलहर बढेपछि दलित,सीमान्तकृत तथा विपन्न परिबारले बाक्लो कपडा, दाउरा लगायतको समस्या भोग्दै आएको बेला यो सानो सहयोगले पनि गरिब विपन्न परिवारलाई ठूलो राहत हुने विश्वास लिएको स्थानीय बुधनी सदाले बताउनुभयो ।