काठमाडौँ, पुस २१ गते । एथलेटिक्स परिवार, नेपालको संयोजनमा गत महिना मित्रराष्ट्र भारतको राँचीमा सम्पन्न साफ एथलेटिक्स च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई खेल सामग्री प्रदान गरिएको छ ।
नेपालको लागि पदकसहित राष्ट्रिय कीर्तिमान कायम गर्ने र उदयीमान एथलेटिक्स खेलाडीलाई युवा तथा खेलकुदमन्त्री बव्लु गुप्ताले प्रोत्साहन स्वरूप सोमबार बेलायतमा रहेको नेपाल रन युकेबाट प्राप्त खेल सामग्री प्रदान गर्नु भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित कार्यक्रममा मन्त्री गुप्ताले ५,००० मिटर र १०,००० मिटर दौडमा दुई वटा कांश्य पदक र नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडी धादिङकी सन्तोषी श्रेष्ठ, लङजम्पमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्ने आर्मीका सलिम देवान, नेपाल प्रहरीकी सीमाकुमारी चौधरीसहित उदयीमान खेलाडीहरू आर्मीका पूर्णलक्ष्मी न्यौपाने र निसा कार्की, गण्डकी प्रदेशकी नारायणी भण्डारी र बागमती प्रदेशकी मिङमार सिंह तामाङलाई खेल सामग्री प्रदान गरिएको एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनु भयो ।