शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
यामराज बिष्ट
पञ्चकोशी दैलेख, पुस १७ गते । दैलेखको दुल्लु नगरपालिका–५ डाडाखोला पाथरनाउली नजिक निजी जमिनमा थापिएको पासोमा परेर एउटा चितुवा मरेको छ । बँदेल नियन्त्रण गर्न थापिएको पासोमा परेर चितुवा मरेको स्थानीयले बताएका छन् ।
स्थानीयवासीका अनुसार लामो समयदेखि बँदेलको आतङ्क बढेपछि बाली जोगाउन पासो थाप्ने गरिएको छ । राति–राति बँदेल आएर तरकारीदेखि अन्य अन्न बाली नष्ट गर्न थालेपछि स्थानीयले पासो थापेका हुन् ।
मृत चितुवाको शव परीक्षणपछि डिभिजन वन कार्यालय दैलेखको हातामा गाडिएको डिभिजन वन कार्यालय दैलेखका कार्यालय प्रमुख अमर प्रसाद शाहले बताउनुभयो । उहाँले घटनाको अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।