• १७ पुस २०८२, बिहिबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, पुस १७ गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ५० पैसा र बिक्रीदर १४४ रुपियाँ १० पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपियाँ ४८ पैसा र बिक्रीदर १६९ रुपियाँ १९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपियाँ र बिक्रीदर १९३ रुपियाँ ८१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८० रुपियाँ ९४ पैसा र बिक्रीदर १८१ रुपियाँ ६९ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९५ रुपियाँ ९४ पैसा र बिक्रीदर ९६ रुपियाँ ३४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपियाँ ७१ पैसा र बिक्रीदर १०५ रुपियाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपियाँ ४८ पैसा र बिक्रीदर ११२ रुपियाँ ५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ १६ पैसा र बिक्रीदर नौ रुपियाँ २० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ५० पैसा र बिक्रीदर २० रुपियाँ ५८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ २६ पैसा र बिक्रीदर ३८ रुपियाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ २६ पैसा र बिक्रीदर ३९ रुपियाँ ४३ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५३ पैसा र बिक्रीदर चार रुपियाँ ५५ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ७ पैसा र बिक्रीदर ३९ रुपियाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ३६ पैसा र बिक्रीदर ३५ रुपियाँ ५१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९५ पैसा र बिक्रीदर नौ रुपियाँ ९९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ५९ पैसा र बिक्रीदर १५ रुपियाँ ६६ पैसा  र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ५६ पैसा र बिक्रीदर २२ रुपियाँ ६५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ४४ पैसा र बिक्रीदर १८ रुपियाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४६६ रुपियाँ ८ पैसा र बिक्रीदर ४६८ रुपियाँ २ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपियाँ ६४ पैसा र बिक्रीदर ३८२ रुपियाँ २३ पैसा, ओमनी रियाल एकको खरिददर ३७२ रुपियाँ ७३ पैसा बिक्रीदर ३७४ रुपियाँ २९ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस