• १७ पुस २०८२, बिहिबार

समुन्नतिका लागि एकता र मेलमिलाप

blog

गोरखापत्र समाचारदाता 

ललितपुर, पुस १७ गते  । प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाले भन्नुभएको छ, “राष्ट्रियता माटो होइन, जनताको सामूहिक भावना र विचार हो ।” 

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठित सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन घोषणा गरेको छ । निर्वाचन आयोगले निर्वाचनको तयारी तीव्र बनाएको छ । राजनीतिक दलले प्रतिनिधि सभातर्फ समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् ।

राजनीतिक दलका नेताले भूराजनीतिक दाउपेच, राष्ट्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहँदा र निर्वाचनमार्फत देशलाई निकास दिनुपर्ने बताइरहँदा बुधबार कांग्रेसका संस्थापक बिपी कोइरालाको सम्झना गरिएको छ । २०३३ पुस १६ गते नेपालको राष्ट्रियता सङ्कटमा परेको निष्कर्षसहित प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइराला ‘राष्ट्रिय मेलमिलापको नीति’ लिएर स्वदेश फर्किनुभयो । कांग्रेसले संस्थापक कोइरालालाई सम्झना गर्दै राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ । 

राष्ट्रिय मेलमिलाप जरुरी 

वैश्विक राजनीति, देशको भौगोलिक अवस्थितिले पनि नेपालमा आन्तरिक एकता बलियो बनाउन जरुरी छ । राजनीतिक दलका नेतासँगै जेनजीका अभियन्ताले पनि राष्ट्रियताका पक्षमा बलियोसँग उभिँदै समुन्नतिका पक्षमा अघि बढ्नुपर्ने दृष्टिकोण राख्नुभएको छ । उहाँहरूले बिपीले भने झैँ राष्ट्रियतालाई जनताको सामूहिक भावना र विचारसँग गाँसेर राष्ट्रको नवीन रूपान्तरणका पक्षमा अघि बढ्नुपर्ने बताउनुभयो । 

नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला, नेकपा (एमाले) नेतृ रामकुमारी झाँव्रmी, नेपाली कम्युनिस्ट पार्टीका नेता देवप्रसाद गुरुङ र जेनजी अभियन्ता ऋषि थापाले राष्ट्रको समग्र रूपान्तरणका लागि शान्तिपूर्ण, मेलमिलापसहितको सहकार्य आवश्यक समुन्नतिका।।।

रहेको बताउनुभयो । डा। कोइरालाले महाशक्तिहरूको दबाबका बिच नेता बिपी कोइरालाको मार्गदर्शनलाई दृष्टिगत गरी राष्ट्रका पक्षमा काम गर्नुपर्ने बेला आएको बताउनुभयो । 

उहाँले सबै राजनीतिक दलले मेलमिलापलाई साझा मुद्दा बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बिपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति सत्ता राजनीतिक स्वार्थका लागि थिएन, सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वतन्त्रता रक्षा गरेर देशलाई नवीन दिशा दिन सकिन्छ भन्ने अभिप्रायबाट प्रेरित थियो ।”

एमाले नेतृ झाँव्रmीले कांग्रेसका संस्थापक बिपी कोइरालाले नेपाली समाजलाई गरेको मार्गदर्शन र नेपाली चरित्रको समाजवादका सन्दर्भमा तत्कालीन समाजका लागि उत्कृष्ट विचार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बिपीको विचार र बिपीको पथप्रदर्शनलाई पछ्याउनेसँगै हामी सबैले, यसलाई सही भन्नेहरूले मात्रै बिपीको सहअस्तित्वको कुरालाई स्वीकार गरेर अघि बढेमा समाजमा मेलमिलाप कायम हुन्छ ।”

नेकपा नेता गुरुङले नेता बिपी कोइराला फर्किएको सन्दर्भ पञ्चायती व्यवस्था र राजाले शासन भएको बेला र त्यतिबेला लोकतान्त्रिक व्यवस्था नभएको चुनौतीपूर्ण समयमा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रियताका सन्दर्भमा छिमेकी देशबाट हुन सक्ने चुनौतीलाई दृष्टिगत गरेरै बिपीले राष्ट्रिय मेलमिलापको नीति लिएर देश फर्किनुभएको हो । त्यतिबेला र अहिलेको परिवेश फरक छ तर राष्ट्रियता र लोकतन्त्रका सन्दर्भमा उहाँले देखाएको बाटो सही छ साथै अहिलेको परिवेशमा एकता र सहमतिको खाँचो छ ।”

जेनजी अभियन्ता थापाले राष्ट्रिय राजनीतिक विषम परिस्थितिमा रहँदा राष्ट्रियता र लोकतान्त्रिक गणतन्त्रलाई बचाउँदै अघि बढ्न नेता बिपी कोइरालाको मेलमिलापको नीति अहिले पनि सान्दर्भिक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतान्त्रिक व्यवस्थामा विचारको सङ्घर्ष हुन्छ । निर्वाचनमार्फत आफ्नो नेता आफैँ छान्न सकिन्छ । नयाँ दल, पुराना दल जो आए पनि जनताले आफ्नो मतबाट सत्ता परिवर्तन गर्छन् तर अहिलेको परिस्थितिलाई दृष्टिगत गरी राष्ट्रिय एकता कायम गर्ने र अर्थपूर्ण सद्भाव एवं मेलमिलाप कायम गरेरै अघि बढ्नु पर्छ ।”

अबको जिम्मेवारी 

कांग्रेस नेता डा। कोइराला र एमाले नेतृ झाँव्रmीले राष्ट्रको र राष्ट्रिय आवश्यकतालाई दृष्टिगत गरी लोकतन्त्रको रक्षार्थका सन्दर्भमा एकताबद्ध हुनुपर्ने बताउनुभयो । डा। कोइरालाले जेनजीलाई आर्थिक समुन्नति र स्थायी शान्तिका पक्षमा अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको राजनीतिक परिस्थिति र जनताको विश्वास र भरोसालाई आत्मसात् गरेर अघि बढेमा मात्रै देशले निकास पाउँछ ।”

नेतृ झाँव्रmीले जेनजी विचारधाराले भन्दा पनि उनीहरूका अपेक्षा, सङ्घर्ष, खोजेको परिणाम र देखेका सपनालाई सम्बोधन गर्ने गरी अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले विगतको समाजभन्दा अहिले फरक भएकाले पनि जेनजीका भावनालाई बुझ्नुपर्ने बताउनुभयो । नेकपाका नेता देवप्रसाद गुरुङले जेनजी आन्दोलनका व्रmममा उठान भएका माग सान्दर्भिक भए पनि भदौ २४ गतेका घटनाले देशलाई गम्भीर स्थितिमा पु¥याएको बताउनुभयो । उहाँले संविधान, लोकतन्त्र र दलीय प्रणालीलाई ‘ड्यामेज’ गरिदिएकाले अहिले नयाँ अठोटका साथ अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “देशलाई पश्चगामी दिशातर्फ जानबाट रोक्न र देशलाई संवैधानिक प्रव्रिmया र लोकतान्त्रिक विधिमा लिएर आउनका लागि बृहत् शान्ति सम्झौता पक्षधर नै अग्रसर हुनु पर्छ र देशलाई निर्वाचनमार्फत निकास दिनु पर्छ ।”

जेनजी अभियन्ता ऋषि थापाले राजनीतिक प्रणालीमा भएका गलत अभ्यासलाई हटाएर असल प्रवृत्तिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले राजनीति, समाज र समुन्नतिका पक्षमा नवीनतम योजना र अवधारणा बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “त्यस कारण मेलमिलाप र सहकार्यको औचित्य र आवश्यकता झन् बढेको छ ।” विसं १९७१ भदौ २४ गते जन्मिनुभएका कोइरालाको राणाशासनदेखि पञ्चायती व्यवस्थासम्म अनवरण सङ्घर्ष गर्दागर्दै २०३९ साउन ६ गते निधन भएको थियो । 

रहेको बताउनुभयो । डा. कोइरालाले महाशक्तिहरूको दबाबका बिच नेता बिपी कोइरालाको मार्गदर्शनलाई दृष्टिगत गरी राष्ट्रका पक्षमा काम गर्नुपर्ने बेला आएको बताउनुभयो । 

उहाँले सबै राजनीतिक दलले मेलमिलापलाई साझा मुद्दा बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बिपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति सत्ता राजनीतिक स्वार्थका लागि थिएन, सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वतन्त्रता रक्षा गरेर देशलाई नवीन दिशा दिन सकिन्छ भन्ने अभिप्रायबाट प्रेरित थियो ।”

एमाले नेतृ झाँव्रmीले कांग्रेसका संस्थापक बिपी कोइरालाले नेपाली समाजलाई गरेको मार्गदर्शन र नेपाली चरित्रको समाजवादका सन्दर्भमा तत्कालीन समाजका लागि उत्कृष्ट विचार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बिपीको विचार र बिपीको पथप्रदर्शनलाई पछ्याउनेसँगै हामी सबैले, यसलाई सही भन्नेहरूले मात्रै बिपीको सहअस्तित्वको कुरालाई स्वीकार गरेर अघि बढेमा समाजमा मेलमिलाप कायम हुन्छ ।”

नेकपा नेता गुरुङले नेता बिपी कोइराला फर्किएको सन्दर्भ पञ्चायती व्यवस्था र राजाले शासन भएको बेला र त्यतिबेला लोकतान्त्रिक व्यवस्था नभएको चुनौतीपूर्ण समयमा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रियताका सन्दर्भमा छिमेकी देशबाट हुन सक्ने चुनौतीलाई दृष्टिगत गरेरै बिपीले राष्ट्रिय मेलमिलापको नीति लिएर देश फर्किनुभएको हो । त्यतिबेला र अहिलेको परिवेश फरक छ तर राष्ट्रियता र लोकतन्त्रका सन्दर्भमा उहाँले देखाएको बाटो सही छ साथै अहिलेको परिवेशमा एकता र सहमतिको खाँचो छ ।”

जेनजी अभियन्ता थापाले राष्ट्रिय राजनीतिक विषम परिस्थितिमा रहँदा राष्ट्रियता र लोकतान्त्रिक गणतन्त्रलाई बचाउँदै अघि बढ्न नेता बिपी कोइरालाको मेलमिलापको नीति अहिले पनि सान्दर्भिक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतान्त्रिक व्यवस्थामा विचारको सङ्घर्ष हुन्छ । निर्वाचनमार्फत आफ्नो नेता आफैँ छान्न सकिन्छ । नयाँ दल, पुराना दल जो आए पनि जनताले आफ्नो मतबाट सत्ता परिवर्तन गर्छन् तर अहिलेको परिस्थितिलाई दृष्टिगत गरी राष्ट्रिय एकता कायम गर्ने र अर्थपूर्ण सद्भाव एवं मेलमिलाप कायम गरेरै अघि बढ्नु पर्छ ।”

अबको जिम्मेवारी 

कांग्रेस नेता डा. कोइराला र एमाले नेतृ झाँव्रmीले राष्ट्रको र राष्ट्रिय आवश्यकतालाई दृष्टिगत गरी लोकतन्त्रको रक्षार्थका सन्दर्भमा एकताबद्ध हुनुपर्ने बताउनुभयो । डा. कोइरालाले जेनजीलाई आर्थिक समुन्नति र स्थायी शान्तिका पक्षमा अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको राजनीतिक परिस्थिति र जनताको विश्वास र भरोसालाई आत्मसात् गरेर अघि बढेमा मात्रै देशले निकास पाउँछ ।”