काठमाडौँ, पुस १७ गते । आज सन् २०२६ को नयाँ वर्षको पहिलो दिन । आशा र भरोसाको पनि पहिलो दिन । सन् २०२५ नेपाल र विश्वका लागि केही पाठ पढाउँदै बित्यो । कतै शान्ति र कतै द्वन्द्वका बाछिटा कायम रहे । संसार डिजिटल युगबाट एआई युगमा प्रवेश गरेको छ । चीनले ‘डिप सिक’ बनाइसक्दा अमेरिकाले ठुलो हिस्साको बजेट एआई आविष्कार र सहकार्यका लागि छुट्याएको छ ।
विगतका नमिठा पलबाट पाठ सिकेर भावी पुस्ताको हातमा सुन्दर पृथ्वीसँगै देश कसरी हस्तान्तरण गर्ने भन्ने रणनीति बनाउने जिम्मा सन् २०२६ लाई बितेको सन् २०२५ ले दिएको छ ।
गत वर्ष विश्वलाई तनाव दिइरहेको इजरायल–हमासबिचको युद्धको अन्त्यसँगै रुस–युव्रmेन युद्ध अन्त्यको पहल भयो । विश्वमा केही राम्रा काम पनि भए । जसमा विश्वशक्ति मानिने अमेरिकाले युद्धभन्दा पनि आफ्नो देश बनाउने बाटोलाई महìव दिँदै विभिन्न मुलुकका युद्धको मध्यस्थकर्ता बन्नु अरू देशका लागि सन्तोषको विषय रह्यो । दक्षिण एसियामा नेपाललगायत कम विकसित मुलुक भने आन्तरिक द्वन्द्वको नमिठो चपेटामा परे ।
सन् २०२४ मा बङ्गलादेशमा विद्यार्थी आन्दोलनले छिन्नभिन्न बनेको राजनीति सुधार गर्न सन् २०२५ ले पुगेन । श्रीलङ्काको आर्थिक सङ्कट मत्थर हुने बाटोमा अग्रसर रह्यो । भारत, पाकिस्तान, माल्दिभ्स, अफगानिस्तान, भुटानका लागि भने यथास्थितिमुखी वर्ष रह्यो । नेपालमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले यहाँको सत्ता परिवर्तनसँगै चुनावी बाटोमा अग्रसर रहेको छ । नयाँ वर्ष सन् २०२६ लाई परिणाममुखी बनाउन सरकार तत्पर छ ।
वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः विगतलाई बिर्सने होइन कि विगतमा भएका कमीकमजोरीलाई सतर्कतासाथ सुधार गरेर नयाँ वर्षमा अघि बढ्नुपर्नेमा जोड दिनुहुन्छ । उहाँले भन्नुभयो, “विगतमा नेता, जनता जस जसले आडम्बर, घमन्ड देखाए त्यो सबै त्याग गर्नु पर्छ, देश र भविष्यका बालबालिकाका बारेमा सोचेर देश बनाउन एकमत हुनु पर्छ ।” उहाँका अनुसार नयाँ वर्षमा नयाँ उमङ्ग चाहिन्छ । नयाँ दृष्टिकोण र योजना चाहिन्छ । त्यो बनाउन कस्सिनु पर्छ ।
उहाँ थप्नुहुन्छ, “अमेरिका जस्तो देशका राष्ट्रपति डोनाल्ड ट्रम्पले देशहरूबिचको युद्ध चर्किंदै तेस्रो विश्वयुद्ध नहोस् भनेर संयम र सतर्कता अपनाएका छन्, युद्ध गर्नेको मध्यस्थता गर्नुका साथै वैज्ञानिक चमत्कार गरिरहेका छन् ।” उसले अहङ्कार गरेर जाने हो भने चीन र रुस चुप लाग्दैनन्, एक भएर ऊसँगै लड्न पुग्छन् भन्नेमा अमेरिका सचेत देखिएको छ । नेपालमा पनि विगतका विग्रहको मूल्याङ्कन गरेर नयाँ वर्षसँगै चुनावको माहोल बनाउन उहाँ सुझाउनुहुन्छ ।
जेनजी अगुवा मेनुका निरौला सन् २०२५ आफ्नो पुस्ताका लागि निकै कहालीलाग्दो रहेको स्मरण गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “त्यो कहालीलाग्दो भदौ २३ र २४ सन् २०२६ र अरू वर्षमा पनि देख्न र सुन्न नपरोस् ।” सन् २०२६ लाई आफू जस्तै नयाँ पुस्ताका लागि नयाँ बहार लिएर आओस् भन्ने अपेक्षा जेनजीको रहेको उहाँ सुनाउनुहुन्छ । त्यसका लागि नेपालको राजनीति र समाजमा रहेका द्वन्द्वका ऐतिहासिक स्रोतको अन्त्य हुनु पर्छ भन्ने धारणा उहाँको छ ।
सामाजिक परिवेशमा पनि भ्रष्टाचार र अन्यायका अनगिन्ती तथ्य, तथ्याङ्क छन् । अबको निर्वाचनपछि आउने सरकारले त्यस्ता भ्रष्टाचार र अन्यायका स्रोत निमिट्यान्न पार्ने आशा नयाँ वर्ष सन् २०२६ ले जगाओस् भन्ने कामना उहाँ गर्नुहुन्छ ।
सन् २०२५ लाई फर्केर हेर्दा
सन् २०२५ मा नेपालसहित विश्वमा महìवपूर्ण घटना भए । राजनीतिक परिवर्तन गर्ने द्वन्द्वहरू, जलवायु सङ्कट, मानव अधिकारको हननसँगैका विभिन्न घटनाले गत वर्ष तनावयुक्त रह्यो जसमा नेपालको गत भदौको जेनजी आन्दोलनसहित इजरायल–हमास युद्ध अन्त्यसम्म रहेका छन् ।