अविनाश चौधरी
धनगढी, पुस १६ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रकाश रानाबिच आज भेटवार्ता भएको छ ।
मुख्यमन्त्री निवासमा भएको भेटवार्ताको क्रममा मुख्यमन्त्री शाहले प्रदेशमा बढ्दो लागु औषध दुर्व्यसन नियन्त्रण तथा निरुत्साहित गर्न प्रभावकारी कदम चाल्न प्रहरी प्रमुख रानालाई निर्देशन दिनु भएको छ ।
भेटको क्रममा मुख्यमन्त्रीले लागु औषधले युवा पुस्तामा नकारात्मक प्रभाव परिरहेको बताउनु भयो । उहाँले यसको नियन्त्रणमा प्रहरीको भूमिकालाई अझ सशक्त बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो। मुख्यमन्त्री शाहले प्रदेश प्रहरी प्रमुख रानालाई सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन निर्देशन दिनु भएको छ ।
प्रहरी प्रमुख रानाले लागु औषध नियन्त्रण र शान्ति सुरक्षाका क्षेत्रमा प्रदेश प्रहरी सक्रिय भएर काम गरिरहेको बताउनु भयो । उहाँले मुख्यमन्त्रीले दिनु भएको निर्देशनलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भयो ।