• १२ वैशाख २०८१, बुधबार

सहकारी डेरी खुलेपछि किसानलाई राहत

blog

किसानको दूध संकलन गरेर दूधका विभिन्न परिकार बनाउन भगवानपुरमा सञ्चालित डेरी । तस्बिरः जीबछ यादव

जीबछ यादव

लfहान, असार २५ गते । सिरfहाको दक्षिणी र पूर्वी भेगमा पर्ने भारतीय सीमासँग जोडिएको भगवानपुर गाउँपालिका भागवानपुर –१ मा श्री वालासुन्दरी कृषि सहकारी साना किसान दूध डेरी स्थापाना भएपछि भैंसी पालन गरेर किसानहरुले आम्दानी गर्न थालेका छन् । 

उत्तरमा बाह्र किलोमिटर लfहान र दक्षिणमा पाँच किलोमिटर टाढा भारतीय बजार लौकहामा गएर दूध बिक्री गर्न किसानलाई ठूलो समस्या हुन्थ्यो । गाउँकै बजारमा डेरी सञ्चालनमा आएपछि भैसीपालनतर्फ किसानहरु आकर्षित भएको स्थानीय हरिहरनाथ यादवले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘भैंसीको दूध टाढा गएर कसरी बिक्री गर्नु ? खान सक्ने जति खान्थ्यौं, खान नसकेको दूध गाउँघरमा बिक्री नभए खेर जान्थ्यो, तर अहिले दस लिटर दूध विहानै डेरीमा पुर्याएर दिनको छ सयको दरले आम्दानी हुन थालेपछि घरका समस्याहरु टर्न थालेको छ ।’ साना किसान सहकारीले डेरी सञ्चालन गरेर दक्षिणी भेगका किसानका लागि ठूलो राहत भएको उहाँको भनाइ छ । 

हरिहरनाथ जस्तै भगवानपुर गाउँपालिकाका स्थानीय किसान भैसी पालेर नै महिनाको पन्ध्र हजारदेखि तीस हजारसम्म आम्दानी गरिरहेको डेरीका अध्यक्ष चन्देश्वर यादवले जानकारी दिनुभयो । ‘सहकारीले किसानलाई ऋण र प्राविधिक सहयोग गर्न थालेपछि यस भेगका किसान अहिले तरकारी माछापालन र भैसी पालनमा निकै हौसिएको छ’, उहाँले भन्नुभयो ।

‘किसानलाई तरकारी खेती, माछापालन कुखुरा पालन र धान खेतिकालागि सहकारीबाट ऋण दिन थालेपछि यस भेगका मजदूर समेत करारमा तरकारी खेति र भैसीपालनमा लागेको भगवानपुर –१ का गीता सदायले खुसी व्यक्त गर्नुभयो । ‘पहिले निर्वाहमुखी खेति र भैसीपालन हुन्थ्यो, अहिले आम्दानीमुखी भएको छ । यसले दलित समुदायको पनि आर्थिक अवस्थामा सुधार ल्याएको छ ।’

केही वर्ष शिक्षक गुनेश्वर यादवले भवगानपुरमा डेरी स्थापना सञ्चालन गर्नुभयो । उहाँको निधनपछि सहकारीले सञ्चालन गरेको डेरीमा सात सय किसानको शेयर रहेको अध्यक्ष यादवले बताउनुभयो । करोडौंको लगानीमा दक्षिणी भेगको किसानको आवश्यक्ता र मागलाई ध्यानमा राखेर डेरीको बिस्तार गर्न लागेको उहाँको भनाइ छ । 

डेरीबाट उत्पादित दूध, पनिर, खुवा र घिउ बाहिरको बजारमा बिक्री गर्ने उद्देश्यसाथ  डेरीको विकास भइरहेकाले डेरीलाई गाउँपालिकाबाट समेत आवश्यक सहयोग गर्ने भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले विश्वास व्यक्त गर्नुभयो ।