• २५ मङ्सिर २०८२, बिहिबार

पण्डितपुरमा भेटियो प्राचीन सहरको संरचना

blog

पुरातìव विभागले गरेको उत्खननका क्रममा भेटिएको इँटाको संरचना । तस्बिर : विकास अधिकारी

विकास अधिकारी 

पश्चिम नवलपरासी, मङ्सिर २५ गते  । पश्चिम नवलपरासीको रामग्राम–१८ मा रहेको ऐतिहासिक तथा पुराताìिवकस्थल पण्डितपुरको उत्खननका क्रममा जमिनमुनि प्राचीन संरचना भेटिएपछि संरक्षणका लागि पहल सुरु भएको छ । पण्डितपुरमा एक महिनासम्म भएको उत्खननका व्रmममा प्राचीन सहरको संरचना भेटिएको छ । 

यसअघि जियोफिजिक्स सर्भे भूभौतिक सर्वेक्षणले औँल्याएको क्षेत्रभन्दाबाहिर भूभागमा समेत बिहारको जस्तो देखिने संरचना भेटिएको छ । कुषाणकालीन समयका तामाका सिक्का र अन्य पुराताìिवक सामग्री पण्डितपुरको जमिनमुनि फेला परेको छ । पुरातìव विभागका पुरातìवविद् भास्कर ज्ञवालीले उक्त संरचना निकै महìवपूर्ण भएकाले सो क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेर जग्गा अधिग्रहणको काम सुरु गर्नुपर्ने बताउनुभयो । सो क्षेत्रमा खेतीपाती र बसोबास हुँदै आएकाले प्राचीन महìव बोकेका संरचनामा क्षति पुग्न सक्ने भएकाले निर्माण कार्य पनि रोक्नुपर्नेमा पुरातìव विभागले जोड दिएको छ । 

रामग्राम नगरपालिकाले पुरातìव विभागसँगको समन्वयमा तत्कालै पण्डितपुरको क्षेत्रफल यकिन गर्ने तयारी थालेको छ । रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले पण्डितपुर कति क्षेत्रफलमा फैलिएको छ भन्ने यकिन नभएकाले यसअघि भएको जियोफिजिक्स सर्भेलाई आधार बनाएर क्षेत्रफल यकिन गरिने बताउनुभयो । सो क्षेत्रमा सार्वजनिक र निजी स्वामित्वको जग्गा भएकाले मालपोत र नापी कार्यालयसँगको समन्वयमा नापजाँच गरी पुरातìव विभागलाई जानकारी गराइने बताउनुभयो । 

“अब पण्डितपुर कोलीय गणराज्यको राजधानी र बुद्धको मावली भएकोमा कुनै शङ्का छैन, तत्कालै सङ्घीय सरकारले पण्डितपुरलाई संरक्षित क्षेत्र घोषणा गरेर जग्गा अधिग्रहणको काम गर्नु पर्छ,” नगरप्रमुख यादवले भन्नुभयो । प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नगरपालिकाले अहिले भएको उत्खननका क्रममा भेटिएको संरचना निजी स्वामित्वको जग्गामा भेटिएकाले उक्त स्थलको संरक्षणका लागि जग्गा अधिग्रहणको प्रव्रिmया सुरु गर्ने तयारी भइरहेको बताउनुभयो ।