राजन रावत
हुम्ला, मङ्सिर २५ गते । स्वास्थ्य सेवा कार्यालयअन्तर्गतको जिल्ला अस्पतालमामा बायोमेडिकल ल्याव स्थापना गरिएको छ । जिल्लाभरका स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा भएका उपचारका लागि आवश्यक उपकरणका मर्मतका लागि उक्त ल्याव स्थापना गरिएको हो ।
अस्पतालमा प्रयोग हुने उपकरणका लागि मर्मत गर्न अति आवश्यक पर्ने बायोमेडिकल ल्याव स्थापना भएर सुचारु भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकीत्सक उमाकान्त तिवारीले बताउनुभयो । कार्यालयको एउटा कोठामा सो ल्याव स्थापना गरेर सञ्चालनमा ल्याइएको होे ।
बिरामीको उपचार अस्पतालमा भए जस्तै अब यसको स्थापनाले अस्पतालमा प्रयोग हुने जति पनि उपकरणहरुको मर्मत संभार पनि जिल्लामै हुने कार्यको ग्यारेन्टी भएको छ । दुई वर्ष अगाडिदेखिको प्रयासले हाल आएर सार्थकता पाएको उहाँले बताउनुभयो । ल्यावमा १२० वटा मर्मत गर्ने उपकरणहरु राखिएका छन् । अर्को कुरा हाल चालु अवस्थामा रहेको अस्पतालका चेकजाँच गर्ने अवकरणको अवस्था पनि सहजै समय मै पत्ता लगाउन सकिने छ ।
यसअघि अस्पतालमा प्रयोग हुने उपकरण जति पनि मर्मत गर्नु पर्ने अवस्था आए जिल्ला बाहिर पठाउनु पर्ने अवस्था रहेको थियो । त्यसका लागि आर्थिक व्ययभार समेत कार्यालयले बेहोर्नु पर्ने अवस्था थियो । ल्याव स्थापना भएसँगै उपकरणहरुको मर्मत कार्य समेत सुरु भएको छ । त्यसका लागि आवश्यक पर्ने पावरको समेत व्यवस्था गरिएको छ । बायोमेडिकल ल्याव स्थापनाका लागि आर्थिक सहयोग प्रदान गर्ने नेक साईमन ईष्च्यिुट कर्णाली प्रदेशका प्रमुख सुरज श्रेष्ठले नेपालका ६५ जिल्ल्लामा यो ल्याव स्थापना भएका र अब हुम्ला जिल्ला पनि त्यसमा परेको बताउनुभयो ।
अस्पतालका लागि अति आवश्यक पर्ने यो ल्याव स्थापना गर्नु अति नै आवश्यक रहेको बेला हुम्ला जिल्लाले पाएको हो । ईष्टिच्युटले ल्याव स्थापनामा सहयोग गरेको र यसलाई अब दिगो र प्रभावकारी रुपमा सञ्चालन गर्न हुम्ला जिल्लाका गाउँपालिकाले पनि सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । ल्याव अस्पतालमा स्थापना गरिएको भए पनि जिल्लाभरका स्वास्थ्य संस्थाहरुका प्रयोग भइरहेका उपकरणहरुको पनि मर्मत गर्ने र अवस्था बुझ्ने कार्य गर्न सकिने छ । १५ लाख लगानीको यो ल्याव स्थापना भएको बताउनुहुँदै उहाँले चालु आर्थिक वर्षका लागि बायोमेडिकल ल्याव टेक्नीसीयन पनि ईष्टिच्यूटले नै व्यवस्था गरेको जानकारी दिए । आगामी आर्थिक वर्षबाट भने अस्पतालले जनशक्तिको व्यवस्था आफै गर्नु पर्नेछ । कर्णाली प्रदेशका पाँच वटा जिल्लामा यो ल्याव स्थापना भएको छ ।