निशा राई
धरान, मङ्सिर २४ गते । धरान उपमहानगरपालिकामा स्कुल बस र अटो दुर्घटना हुँदा अटो चालकको मृत्यु भएको छ । दुर्घटनामा अटोमा सवार एक जना घाइते भएका छन् ।
बुधबार धरान–१९ स्थित विपेन्द्र चोकमा को १ ह ८७७४ नम्बरको अटोलाई को १ क ७८२ नम्बरको विष्णु मेमोरियल स्कुलको बसले ठक्कर दिँदा दुर्घट्ना भएको हो ।
दुर्घटनामा धरान–१९ बस्ने २४ वर्षीय निमेष भुजेल र अटोमा सवार रहेको ५५ वर्षीय सिताराम लिम्बु घाइते हुनुभएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा अटो चालक भुजेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानको निमित्त प्रमुख प्रहरी निरीक्षक जीवन कुँवरले बताउनुभयो ।
अटोमा सवार रहेको लिम्बुको बीपी प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न स्कुल बस, अटो चालक धरान–१४ का २९ वर्षीय अमिर तामाङलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।