• २४ मङ्सिर २०८२, बुधबार

एनपिएल : एलिमिनेटरमा काठमान्डु टस जितेर ब्याटिङ गर्दै

blog

काठमाडौँ, मङ्सिर २४ गते । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत एलिमिनेटर खेलमा अहिले काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुँदैछ । 

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला काठमान्डु गोर्खाजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । टस हारेको लुम्बिनी लायन्स बलिङ गर्दैछ । 

आज जित्ने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । हार्ने टाली बाहिरिनेछ । दोस्रो क्वालिफायरमा बिहीबार पहिलो क्वालिफायरमा पराजित भएको विराटनगर किङ्स र आजको विजेताबिच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । पहिलो क्वालिफायर विजेता सुदूरपश्चिमले फाइनलमा स्थान बनाई सकेको छ । 

लिग चरणको खेलपछि काठमान्डु तेस्रो र लुम्बिनी  चौथो स्थानमा रहेको थियो। लिग चरणको खेलमा काठमान्डु लुम्बिनीलाई २२ रनले हराएको थियो । त्यसैले लुम्बिनीलाई आज काठमान्डुसँग बदला लिने राम्रो मौकासमेत छ ।