• २४ मङ्सिर २०८२, बुधबार

थाइल्यान्डसँगको सीमा विवाद बढ्दै गएपछि एक लाखभन्दा बढी कम्बोडियाली विस्थापित

blog

नोमपेन(कम्बोडिया), मङ्सिर २४ गते । थाइल्यान्डसँगको सीमा विवाद बढ्दै गएपछि एक लाखभन्दा बढी कम्बोडियाली आफ्नो आश्रय स्थल छोडेर सुरक्षित क्षेत्रतर्फ भागेको कम्बोडियाका मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले बुधबार बताउनुभएको छ । 

महिला, बालबालिका, वृद्ध र अपाङ्गता भएका व्यक्तिसहित विस्थापितको सङ्ख्या एक लाख एक हजार १२९ रहेको कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता सोचेटाले पत्रकार सम्मेलनमा बताउनुभएको हो । 

थाई सेनाले आइतबार दिउँसोदेखि बुधबार बिहानसम्म कम्बोडियाको सैन्य चौकी र नागरिक क्षेत्रमा आक्रमण गर्न एफ-१६ लडाकू जेटसहित भारी र विनाशकारी हतियार प्रयोग गरेको उहाँले जनाउनुभएको छ । सोचेटाका अनुसार यस द्वन्द्वमा कम्तीमा सात कम्बोडियाली नागरिकको मृत्यु भएको छ भने  अन्य २० जना घाइते भएका छन् । रासस/सिन्ह्वा