शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर २१ गते । लियोनल मेस्सी प्रेरित इन्टर मियामीले पहिलो पटक मेजर लिग सकर (एमएलएस) कपको उपाधि जितेको छ ।
चेज स्टेडियममा आइतबार बिहान भएको फाइनलमा घरेलु टोली मियामीले भ्यानकुभर ह्वाइटक्याप्सलाई ३–१ गोलले हरायो ।
मियामीको जितमा रोड्रिगो डी पउल र ताडियो एलेन्डेले गोल गर्नु भयो । मेस्सीले यी दुवै गोलमा असिस्ट दिनु भयो । मियामीले अर्को गोल आत्मघाती उपहार पाएको थियो । भ्यानकुभरका लागि अली अहमले सान्वना गोल गर्नु भयो । एजेन्सी