• २० मङ्सिर २०८२, शनिबार

पनाहा खोलामा पुरुषको शब फेला

blog

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), मंसिर २० गते । गुल्मी रेसुङ्गा नगरपालिका –४ मोत्तियारस्थित पनाहा खोलामा एक पुरुषको शब फेला परेको छ । सेतो हरियो रङको चेक सर्ट माथि निक लेखेको कालो ट्रयाक र कालो पाइन्ट लगाएको पुरुषको शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता गंगाबहादुर सारुले जानकारी दिनुभयो । 

पुरुषको अहिलेसम्म  नामथर वतन खुलेको छैन । स्थानीयले शब देखिपछि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वतकुमार केसीको कमाण्डमा नौजना प्रहरीको टोली घटनास्थल पुगेको सारुले जानकारी दिनुभयो । शबको पहिचानसहित घटनाको अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।