सहदेव बस्नेत
जाजरकोट, मङ्सिर २० गते । जाजरकोटमा अपाङ्गता भएका व्यक्तिहरुका लागि राज्यले अवसर नदिएको गुनासो गरेका छन् । राज्यका विभिन्न तहमा रहेका निकायहरु बाट आफुहरुका लागि प्रयाप्त जीवन निर्वाहको अवसर नदिएको उनिहरुको गुनासो रहेको छ । जिल्लामा आयोजित एवम् कार्यक्रममा सहभागिहरुले यस्तो गुनासो पोखेका हुन् ।
भेरी नगरपालिका १ का धनी खत्रीले आफुहरुले सरकारले दिने सेवा सुविधा नपाएको गुनासो पोख्नु भयो । सार्वनजिनक यातायातका शाधनहरुमा आफुहरुका लागि भाडामा छुट नदिने गरेको गुनासो खत्रीको थियो । यसैगरी विद्यार्थी प्रेम तिरुवाले पनि आफुहरुका लागि शिक्षामा कुनै प्रकारको सुविधा नमिलेको गुनासो पोख्नु भएको थियो ।
अपाङ्ग स्वाबलम्व संस्थाका सचिव हस्त नेपालीले अपाङ्गता भएका व्यक्तिहरुका लागि अपाङ्गतामैत्री पूर्वाधार नरहेको गुनासो गर्नुभयो । सवै सरकारी तथा गैरसरकारी कार्यालयमा आफुहरु सेवा लिन जाँदा कार्यकक्षासम्म पुग्न निकै सास्ती व्यहोर्नु परेको नेपालीको गुनासो छ ।
नेत्रहिन संघ जाजरकोटका अध्यक्ष ठगेन्द्र लुहारले जिल्लामा विशेस कक्षा सन्चालनको व्यवस्था नभएको दुखेसो पोख्नु भयो । सवै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका लागि अध्ययन गर्नलाई विशेस कक्षाको आवस्यकता भएको लुहारको माग रहेको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति, जाजरकोटका उपप्रमुख दलबहादुर सिंहले अपाङ्गता भएका व्यक्तिहरुका लागि जिल्लामा विशेस व्यवस्था गर्न सात वटै पालिकामा समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
अपाङ्ग स्वाबलम्वन संस्थाको आयोजनामाभेरी नगरपालिका– ४ को गैरीखालीबाट निकालिएको र्यालीले खलंगा बजार परिक्रमा गरेर अन्तरक्रियासहित कार्यक्रम सम्पन्न गरेको थियो ।