• १३ साउन २०८१, आइतबार

भ्रष्टाचार मुद्दामा सप्तरीका तीन पालिकाका अधिकृत निलम्बित

blog

माला कर्ण
कल्याणपुर, असार २४ गते ।
भ्रष्टाचार अभियोग लागेका सप्तरीका तीन पालिकाका अधिकृत निलम्बित भएका छन् । आर्थिक वर्षको अन्त्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गरिएको हो ।

निलम्बित हुनेमा शम्भुनाथ नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत रन्जना साह, बलान विहुल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महेश यादव र तिलाठी कोईलाडी गाउँपालिकाका सरोजकुमार झा हुनुहुन्छ ।

शम्भुनाथ नगरपालिकाका अधिकृत साहले तत्काल कार्यरत स्थानमा एक करोडको आर्थिक अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दर्ता गरी मुद्दा चलाइएको छ ।

त्यस्तै, तिलाठी कोइलाडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार झाले सेवाग्राहीबाट रकम लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले पक्राउ गरी भ्रष्टाचारको आरोपमा निलम्बनल गरेको थियो ।

यसैगरी, विद्यालयको भवन निर्माणको कामभन्दा बढी भुक्तानी दिएको आरोपमा अख्तियारले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत महेश यादवलाई निलम्बन गरी मुद्दा अगाडि बढाइएको छ । सो अभियोगमा अनुगमन समितिमा रहेको गाउँपालिकाका निवर्तमान  उपाध्यक्ष रुबी गुप्ता, सब इन्जिनियर सन्तोष रजक, सह लेखापाल सुमनलाल कर्ण र योजना अधिकृत रमेश मरिक निलम्बनमा परेका छन् ।