• २० मङ्सिर २०८२, शनिबार

मुक्तिनाथले दियो प्रहरीलाई रंगिन टेलिभिजन

blog

जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई ५० इन्चको रंगिन टेलिभिजन उपलब्ध गराउँदै मुक्तिनाथ विकास बैंक । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, मङ्सिर २० गते ।
मुक्तिनाथ विकास बैंकले जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई ५० इन्चको रंगिन टेलिभिजन उपलब्ध गराएको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत  टेलिभिजन उपलब्ध गराएको हो ।

टेलिभिजन हस्तान्तरण गर्दै बैंकका सञ्चालक भरतप्रसाद लम्सालले कार्यालयका लागि टेलिभिजनको आवश्यकता महसुस गरी उपलब्ध गराएको बताउनुभयो ।

उहाँले बोर्डको निर्णय र प्रहरी कार्यालयको माग अनुसार सहयोग गरेको बताउँदै भावी दिनमा समेत सहयाग गर्ने बताउनुभयो ।

उहाँले कार्यालयमा आउने जो कोहीले पनि प्रतिक्षालयमा बसेर सूचना मूलक श्रब्यदृश्य सामग्री हेर्न र सुन्न पाउनेगरी सेवाग्राहीलाई सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा प्रहरी उपरीक्षक दधिराम न्यौपानेले बैँकले प्रहरी कार्यालयको मागलाई सम्बोधन गरेको बताउँदै सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा बैंकका उपक्षेत्रीय निर्देशक ऋषिराम ढकाल, प्रहरी निरीक्षक सागर कार्कीले लगायतले मन्तव्य राख्न भएको थियो ।

१९ वर्ष पहिला पुतलीबजारमा केन्द्रीय कार्यालय बनाएर तीन जिल्लाबाट सुरुवात गरी अहिले वाणिज्य बैक बनाउने दौडमा रहेको छ ।