• २० मङ्सिर २०८२, शनिबार

गुणस्तरहीन निर्माण सामग्री प्रयोग

blog

कालोपत्रे गर्ने क्रममा बिछ्याइएको सामग्री ।

सिन्धुपाल्चोक समाचारदाता 

सिन्धुपाल्चोक, मङ्सिर २० गते । मेलम्चीदेखि सदरमुकाम चौतारासम्मको चौतारा–नवलपुर–मेलम्ची सडक स्तरोन्नतिका नाममा भइरहेको बेस बिच्छ्याउने काममा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरिएको पाइएको छ ।

उक्त सडकखण्डको झ्याँडीदेखि पाटीगाउँसम्म भइरहेको बेस बिच्छ्याउने कार्य गुणस्तरहीन भएको हो । प्राविधिक डिजाइन स्टिमेट र सम्झौता अनुरूप निर्माण सामग्री प्रयोग नगरी स्थानीयस्तरमा पाइने निर्माण सामग्री प्रयोग गरेको पाइएको पूर्वाधार विकास कार्यालय चौताराले जनाएको छ ।

सम्झौता र प्राविधिक स्टिमेट अनुसार काम नभएपछि मङ्सिर ११ गते नै काम रोक्न ठेकेदार अमरज्योति जेभी कन्स्ट्रक्सन प्रालिलाई पूर्वाधार कार्यालयले पत्र काटेको थियो । उक्त पत्रको बेवास्ता गर्दै कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गरिरहेको छ । सम्झौता र प्राविधिक स्टिमेटमा व्रmसरमा उत्पादन भएको सामग्री २० सेन्टिमिटर हालेर सबबेस निर्माण गर्नुपर्नेमा ठेकेदारले माटो र ढुङ्गा हालेर सबबेस हालिरहेका छन् । 

सडकखण्डको आठ किलोमिटरमा बेस बिच्छ्याएर कालोपत्रे हुने व्रmममा छ । बागमती प्रदेश सरकारको २२ करोड ८३ लाख रुपियाँ बजेटमा सडक कालोपत्रे हँुदै छ । ३२ वर्षअगाडि ट्र्याक खुलेको उक्त सडक बल्ल कालोपत्रे हुन लागेको हो । निर्माण कम्पनीले गुणस्तरहीन काम गर्न थालेपछि स्थानीय चिन्तित बनेका छन् । स्थानीय मानव श्रेष्ठले गुणस्तरहीन काम नरोकिएमा निर्माण कम्पनीविरुद्ध आन्दोलित हुनुपर्ने अवस्था आएको बताउनुभयो । 

निर्माणको कामको अवस्था बुझ्न पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुजन भट्टले निरीक्षण गर्नुभएको थियो । सडकखण्डमा बेस बिच्छ्याएर कालोपत्रे गर्ने काम अगाडि बढाइएको थियो । प्राविधिक भट्टले निरीक्षण र अवलोकन गरेपछि गुणस्तरहीन कामलाई पुनः दोहो¥याउने काम नगर्न निर्देशन दिनुभएको छ । 

बागमती प्रदेशका प्रदेश सभा सदस्य युवराज दुलालले सडकमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भइरहेको बारे अनुगमन गरेपछि पूर्वाधार विकास कार्यालयलाई उक्त बेस बिच्छ्याउने काम रोक्न निर्देशन दिएको जानकारी दिनुभएको छ । २०८१ साउन २४ गते निर्माण कम्पनीले सडक स्तरोन्नतिको काम पाएको थियो । ठेकेदार कम्पनीका प्रतिनिधि सन्दीप आचार्यले सबबेसलगायतका सबै काम सम्झौता र प्राविधिक डिजाइन अनुसार नै गरेको दाबी गर्नुभयो ।