शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर १८ गते । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजै सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुँदैछ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा अहिले चितवनले टस जितेर फिल्डिङ रोजेको छ । टस हारेको सुदूरपश्चिम पहिले ब्याटिङ गर्दैछ ।
प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवनबिचको भिडन्त रोचक हुने अनुमान गरिएको छ । पाँच खेलबाट चार अङ्क जोडेको चितवनलाई प्लेअफ पुग्न जित्नैपर्ने बाध्यता छ ।