• १८ मङ्सिर २०८२, बिहिबार

मुस्ताङको नामामा उच्च घनत्वको हाइब्रिड स्याउ खेती

blog

नामामा सुरु गरिएको हाइब्रिड स्याउ खेती । तस्बिरः हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा

मुस्ताङ, मङ्सिर १८ गते । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीको नामा भन्ने स्थानमा स्थानीय आङ्जेन गुरुङले उच्च घनत्वको (हाइब्रिड) स्याउ खेती गर्नुभएको छ । 

कालीगण्डकी नदीले जमिन कटान गर्दै गएपछि संरक्षण गरी स्याउ खेती गरिएको उहाँको भनाइ छ । मुस्ताङमा कुल ६२ हेक्टरमा उच्च घनत्वको स्याउ विस्तार गरिएकोमा यसवर्ष ५५ हेक्टरबाट ३१ करोड ३४ लाख बराबरको स्याउ बिक्री गरिएको छ ।