• १८ मङ्सिर २०८२, बिहिबार

लुम्बिनी स्पोर्ट्स अवार्डको मिति परिवर्तन, नयाँ मिति छिटै सार्वजनिक गरिने

blog

कमल खत्री 

नेपालगन्ज, मङ्सिर १८ गते । नेपालगन्जमा हुन लागेको लुम्बिनी स्पोर्ट्स अवार्डको मिति परिवर्तन गरिएको छ । प्राविधिक कारणले आयोजना मिति परिवर्तन गरिएको आयोजक रङ्गशाला नेपाल मिडिया प्रालीले जनाएको छ । 

नेपालगन्जमा खेलाडी र खेलकर्मीको सम्मानका लागि मङ्सिर १८ गते लुम्बिनी स्पोर्ट्स अवार्डको आयोजना गर्ने तयारी गरिएको थियो । अब छिटै नयाँ मिति केहि समयपछि सार्वजनिक गरिने लुम्बिनी स्पोर्ट्स अवार्ड संयोजक चाहना शाहले बताउनुभयो । 

आयोजना मिति थपिदा अवार्डलाई थप भव्य बनाउन सहयोग गर्ने लुम्बिनी स्पोर्ट्स अवार्डका प्रचार प्रसार संयोजक गजे थापाले बताउनुभयो । खेल र खेलाडीको सहरले परिचित नेपालगन्ज सहरमा आयोजनामा हुने स्पोर्ट्स अवार्डले प्रदेश स्तरका खेलाडी र खेलकर्मीको योगदानलाई सम्मान गर्ने संयोजक थापाले बताउनुभयो । 

लुम्बिनी स्पोर्ट्स अवार्डको पहिलो संस्करणमा विभिन्न चार विधामा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । अवार्डमा उत्कृष्ट पुरुष खेलाडी अवार्ड, उत्कृष्ट महिला खेलाडी अवार्ड, उत्कृष्ट प्रशिक्षक र विशेष अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

उत्कृष्ट टिम अवार्डको स्थानमा उत्कृष्ट प्रशिक्षक विधा समावेश गरिएको थापाले जानकारी गराउनु भयो । अवार्डलाई अन्तराष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीले सह प्रायोजन गरेको छ भने उत्कृष्ट पुरुष खेलाडी विधालाई रोयल समृद्धि बिजनेस ग्रुप प्रालीले प्रयोजन गरेको छ ।