भवानीदत्त भट्ट
कञ्चनपुर, मङ्सिर १८ गते । महाकाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवकको शव नौ दिनपछि फेला परेको छ । पौडी खेल्ने क्रममा बेपत्ता भएका भीमदत्त नगरपालिका–१२ ओदालीका २१ वर्षीय रोशन दमाईको शव बिहीबार बिहान फेला परेको हो ।
बिहीबार बिहान ७ः४५ बजेको समयमा दोधारा चाँदनी नगरपालिका –४ का स्थानीय दीपक नाथले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले स्थानीयको खबरपछि घटना स्थलमा पुगेको शवको सनाखत गरिएको बताउनुभयो । उहाँका अनुसार, मृतकका परिवारलाई शव बुझाइएको छ । गत ९ गते दिउँसो साथीहरूसँग महाकाली नदीमा पौडी खेल्न गएका रोशन बेला बेपत्ता भएका थिए । रोशनको खोजिएका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना लगायतले केही दिन महाकाली नदिनमा खोजी गरेको थियो, तर भेट्टाउन भने सकेन ।
मृतक दमाईको शव घटना स्थलभन्दा तीन किलोमिटर दक्षिण तर्फ मालिका सामुदायिक वन नजिक महाकाली किनारामा फेला परेको प्रनाउ बोहराले बताउनुभयो ।