शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अनिल पराजुली
हेटौँडा, मङ्सिर १८ गते । हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथमा मङ्सिर २० गते शनिबारदेखि दैनिक छ घण्टा सवारी साधन आवतजावत बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले सार्वजनिक सूचना जारी गर्दै कान्ति लोकपथका विभिन्न भागमा सडक फराकिलो बनाउन र वर्षा याममा गएको पहिरो पन्छाउन लागि शनिबारदेखि अर्थात् मङ्सिर २० गतेबाट ६० दिनसम्म बिहान ११ देखि अपराह्न ५ बजेसम्म सवारी साधन आउजाउ गर्न रोक लगाएको हो ।
कान्ति राजमार्ग सडक आयोजना एकान्तकुनाद्वारा जारी सूचनामा कान्ति लोकपथको विभिन्न भागमा सडक कटिङ गर्नु पर्ने र पहिरो पन्छाउनु पर्ने भएकाले दैनिक छ घण्टा सडकमा सवारी साधन आउजाउ गर्न रोक लगाएको उल्लेख गरेको छ ।
कान्ति राजमार्ग हुँदै यात्रा गर्ने सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न समेत सूचना मार्फत आग्रह गरिएको छ ।