शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
केशव राज भट्ट
वाशुलिङ (बैतडी), मङ्सिर १८ गते । बैतडीको सूर्नया गाउँपालिका–८ सेलामा भीरबाट खस्दा एक महिलाको मृत्यु भएको छ । स्थानीय ३१ वर्षीय पार्वती साउँद घरनजिकै बाख्रा चराउन गएकी बेला बुधबार अचानक चिप्लिएर भीरबाट लड्दा घटनास्थलमै ज्यान गएको स्थानीयले बताएका छन् । पार्वतीका दाजु हरिसिंह महराका अनुसार दिउँसो करिब ३ बजेतिर उहाँ खोँचतिर झर्दै जाँदा दुर्घटना भएको थियो ।
घरमा दुई नाबालक छोरा मात्रै रहेका पार्वतीका श्रीमान् रोजगारीको सिलसिलामा दुबईमा हुनुहुन्छ । बहिनीको निधनको सूचना पाएपछि उहाँ हतार–हतार नेपाल फर्किन लागेको पारिवारिकले जनाएको छ ।