• १८ मङ्सिर २०८२, बिहिबार

सिटी हलको दोस्रो चरणको काम चालु आवदेखि

blog

वीरेन्द्रनगरस्थित सिटी हल ।तस्बिर : रजनी योगी

बुलबुले समाचारदाता

सुर्खेत, मङ्सिर १८ गते । चालु आर्थिक वर्षदेखि वीरेन्द्रनगर सिटी हल (सभा गृह) निर्माणको दोस्रो चरणको काम सुरु हुने भएको छ । गत आर्थिक वर्ष नयाँ ठेक्का सम्झौता गरेर काम अघि बढाइएको थियो । पुरानो ठेक्का रद्द गरिएपछि सिटी हल निर्माणको दोस्रो चरणको काम अघि बढाइएको हो । यो आव सिट कुर्सी राख्ने काम हुने बताइएको छ ।  गत वर्ष आर आर कन्स्ट्रक्सन सुर्खेतसँग ठेक्का सम्झौता गरेर काम अघि बढाइएको भवन डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । कार्यालय प्रमुख कमल दर्लामी मगरका अनुसार ६३ लाख १४ हजारमा ठेक्का सम्झौता गरिएको छ । दोस्रो चरणको कार्यक्रम अन्तर्गत सिट कुर्सी राख्ने काम हुनेछ  । सात सय वटा सिट कुर्सी राखिने जानकारी उहाँले दिनुभयो ।

सर्वोच्च अदालतले यसअघि ठेक्का पाएको निर्माण कम्पनीलाई कामको भुक्तानी दिन अन्तरिम आदेश दिएसँगै नयाँ ठेक्का सम्झौताको बाटो खुलेको हो । २०८० चैत २० गते सम्झौता रद्द भएको निर्माण कम्पनीले गरेको कामको मूल्याङ्कनका आधारमा भुक्तानी दिन सर्वोच्चले भनेको थियो । ठेक्का रद्द र पुरानो कामको भुक्तानी दिएसँगै दोस्रो चरणमा सम्झौता गरेर काम अघि बढाइएको कार्यालयले जनाएको छ ।