शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सुधा देव
भारदह(सप्तरी), मङ्सिर १८ गते । सप्तरीमा हात्तीको आक्रमणबाट बिहीबार बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कंचारूप नगरपालिका ५ का ५५ वर्षीय नारायण खंग रहनुभएको छ ।
सुकाइएको धान रुङ्गने क्रममा खेतमा सुतिरहेको बेला बिहीबार बिहान करिब २/३ बजे कोसी टापु वन्यजन्तु आरक्षणबाट आएको हात्तीले आक्रमण गर्दा उहाँको घटनास्थानमै मृत्यु भएको स्थानीयले बताएका छन् ।
सुतिरहेकै अवस्थामा हात्तीले कुल्चिएर आक्रमण गरेपछि गम्भीर घाइते भएका खंगको उपचार गर्ने प्रयास गर्दागर्दै घटनास्थलमै मृत्युु भएको स्थानीय समाजसेवी भोला पासवानले जानकारी दिनुभयो ।
सव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने र घटनाको थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी निरिक्षक विजय कार्कीले जानकारी दिनुभयो ।