• १८ मङ्सिर २०८२, बिहिबार

स्वास्थ्य शिविरबाट २९५ जना बिरामी लाभान्वित

blog

हाडजोर्नीको उपचार गरिँदै । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा 
दोलखा, मङ्सिर १६ गते ।
दोलखाको शैलुङ गाउँपाकिा–८ को समन्वय तथा सुस्वास्थ्य हस्पिटल काठमाडौँको आयोजनामा भएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट २९५ जना बिरामी लाभान्वित भएका छन् ।

फिजियो थेरापी, अकुपन्चर प्राकृतिक चिकित्साबाट हाडजोर्नीका रोगीहरु लाभान्वित भएका वडाध्यक्ष धनबहादुर तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक अभावले अन्यत्र गएर उपचार गराउन असमर्थ वडाका विपन्न तथा गरिब समुदायका बिरामीहरु लाभान्वित भएका छन् । उनीहरुका लागि यो शिविर फलदायी सावित भएको छ ।

सुस्वास्थ्य हस्पिटल काठमाडौँका वरिष्ठ अकुपन्चरिस्ट डा. सुदर्शन बस्नेतसहितको नौ जनाको टोली र यहाँका स्वास्थ्य चौकीका स्वास्थ्य प्राविधिकहरु सो शिविरमा सहभागी भएका वडाध्यक्ष तामाङले जानकारी दिनुभयो ।