• १३ साउन २०८१, आइतबार

केन्द्रीय प्रहरी प्रवक्तामा टेकप्रसाद राई नियुक्त

blog

फाइल तस्बिर

काठमाडौं, असार २३ गते। नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राई नियुक्त हुनुभएको छ। 

नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रवक्तामा प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईलाई बिहीबार नियुक्त गरिएको हो।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगतरुपमा सञ्चार माध्यममा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक राईलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ।