• १३ साउन २०८१, आइतबार

अब सवारी साधनमा ‘साहित्य र विज्ञापन’ लेख्‍न नपाइने

blog

काठमाडौं, असार २३ गते । गृहमन्त्रालयले ट्राफिक तथा यातायात क्षेत्रको व्यवस्थापन गर्न, सफा, सुरक्षित र सभ्य यातायात क्षेत्र निर्माणका लागि बिहीबार विभिन्न निर्णय गर्दै सम्बन्धित मन्त्रालय र निकायलाई कार्यान्वयनका लागि परिपत्र गरेको छ । 

मन्त्रालयले परिपत्र गरेको निर्णयको बुँदा नम्बर १० मा सवारी साधनमा अनावश्यक लेखन तथा विज्ञापन राख्न नहुने उल्लेख गरिएको छ । सचिव स्तरको निर्णय अनुसार अब सवारी साधनमा साहित्य, सायरी र टुक्रा  अर्थात् बोलीचालीको भाषामा भनिने ‘गाडी साहित्य, ट्रक साहित्य’ लेख्न पाइने छैन ।

गाडीमा लेखेको पाइए तत्काल उक्त लेन सवारी धनीले हटाउनुपर्ने र नहटाए स्थानीय प्रशासन र ट्राफिक प्रहरीले कारबाही गर्ने निर्णयमा उल्लेख छ । 

निर्णयको बुँदा नम्बर १० मा भनिएको छ, ‘‘गाडीमा अनावश्यक लेखन तथा विज्ञापन राख्‍न नहुने।त्यस्तो राखेको पाइएमा यथाशीघ्र सावरी धनीले उक्त लेखन तथा विज्ञापन हटाउनुपर्ने सो गरेको नपाइएमा स्थानीय प्रशासन, ट्राफिक प्रहरीबाट कारवाही गर्ने ।’’ 



गृहमन्त्रालयको निर्णयकबाट सडक पूर्वाधारहरूको कमजोर अवस्था, सवारी साधनको आवधिक मर्मत सम्भारको अभाव, सवारी साधनमा आवश्यक न्यूनतम पूर्वाधारको कमी, जथाभावी सवारी साधनमा लेखन गर्दै स्वरुप बिगार्ने, सवारी साधनमा काम गर्ने जनशक्ति तथा यात्रुहरुमा सचेतनाको कमी, पर्याप्त ट्राफिक पूर्वाधारको अभावबाट हुने समस्यालाई न्यूनीकरण गर्न यो निर्णय गेर कार्यान्वयनका लागि सम्वन्धित मन्त्रालय र निकायलाई पठाइएको  मन्त्रालयका सचिव टेकनारायण पाण्डे जानकारी दिनुभयो । 

निर्णय

१. सडकमामा ग्रीन बेल्ट विकास गर्नुपर्ने,

२. विद्युतीय सवारी साधानलाई प्रोत्साहन गर्नुपर्ने,

३. सवारी साधनबाट सिर्जित फोहोरमैलाको समयमै व्यवस्थापन गर्नुपर्ने,

४. दैनिक सडकको सरसफाई गर्ने, यान्त्रिक कुचोको माध्यमबाट सफा गरी सडकबाट धुलो नउड्ने अवस्था सिर्जना गर्ने,

५. शहर भित्रिने मुख्य नाकामा  सवारी साधनलाई सफा बनाई शहरभित्र पस्ने व्यवस्था मिलाउने ।

६. भेहिकल फिटनेश सेन्टरको स्थापना गर्ने,

७. प्रदूषण फैलाउने फैलाउने, पुराना सवारी साधनहरुलाई विस्थापन गर्ने,

८. सवारी साधनभित्र कुहिने र नकुहिने फोहोरका लागि फरक फरक डस्टबिन राख्‍नुपर्ने र उक्त फोहोरको उचित स्थानमा विसर्जन गर्नुपर्ने,

९. यात्रुका लागि सवारी साधनहरुमा बमन थैलीको व्यवस्था गर्नुपर्ने,

१०. गाडीमा अनावश्यक लेखन तथा विज्ञापन राख्‍न नहुने।त्यस्तो राखेको पाइएमा यथाशीघ्र सावरी धनीले उक्त लेखन तथा विज्ञापन हटाउनुपर्ने सो गरेको नपाइएमा स्थानीय प्रशासन, ट्राफिक प्रहरीबाट कारवाही गर्ने ।


११. अन्य आवश्यक देखिएका विषय र कार्यहरु ।

- सार्वजनिक यातायातमा सिट क्षमताभन्दा यात्रु राख्न रोक लगाउने, राखेको पाइएमा प्रहरी मार्फत कारवाही प्रक्रिया अघि बढाउने,

- सार्वजनिक यातायात तथा सरकारी सवारी साधनमा न्एक् जडान गर्नुपर्ने,

- ट्राफिक व्यवस्थापन सम्बन्धमा समय समयमा सचेतना कार्यक्रम सञ्‍चालन गर्नुपर्ने,

- साइकलको लागि छुट्टै लेनको व्यवस्थापन गर्नुपर्ने,

- अपाङ्गमैत्री, बालबालिकामैत्री सडक सञ्जाल विस्तार गर्नुपर्ने,

- खाल्डाखुल्डी नियमित पुर्नुपर्ने, सडक पुर्वाधारको मर्मत कार्य समयमै गर्नुपर्ने ।

- ट्राफिक लाइट तथा सडक चिह्नहरुको उचित व्यवस्थापन तथा नियमित मर्मत सम्भार गर्नुपर्ने,

- सार्वजनिक यातायातालाई भरपर्दो बनाई निजी सवारी साधन राख्‍ने प्रवृत्ति निरुत्साहित गर्नुपर्ने,

- नयाँ शहर विकास गर्दा पार्किङ क्षेत्रको पहिले नै पहिचान गर्नुपर्ने, सोही स्थानमा पार्किङ्ग गर्ने प्रबन्ध मिलाउने । अन्यत्र पार्किङ गरेमा कारवाही गर्नेरहुने व्यवस्था मिलाउने,

- सडक छेउमा निर्माण सामग्री थुपार्ने, संरचना निर्माण गर्ने प्रवृत्ति नियन्त्रण गर्नुपर्ने, त्यस्ता सामाग्री राखेको पाइएमा यथाशीघ्र हटाउन लगाउने । नहटाइएमा सामाग्री हटाई सोको असुल उपर सामाग्री धनीबाट हुने व्यवस्था मिलाउने,

- सडक क्षेत्र पूर्ण प्रयोगमा आउन नसकेको देखिएकोले सो लाई प्रयोगमा ल्याउनुपर्ने,

- सडक रुट, सडकको अवस्था, जनघनत्व, बस्ती संरचनालाई अध्ययन गरे मात्र रुट निर्धारण तथा रुट परमिट जारी गर्नुपर्ने, वैकल्पिक रुटको प्रबन्ध गर्ने,

- मुख्य मुख्य चोकहरुमा सिसिटिभी क्यामेराको व्यवस्था गर्ने, सिसिटिभी क्यामेरको माध्यमबाट निगरानी बढाउने, हाल भएका सिसिटिभी क्यामेराहरु मर्मत गर्ने, सिसिटिभी क्यामेराको समयावधी अन्तराष्ट्रिय स्तरको बनाउनुपर्ने, 

- सडकको अवस्था हेरी अधिकतम सीमा कायम गर्ने, अत्यधिक गति नियन्त्रणका लागि स्पिड गनको व्यवस्था गर्ने, सीमाभन्दा भन्दाबढी भए कारवाही गर्ने,

- मादक पदार्थ सेवन चेकजाँचको लागि पर्याप्त संख्यामा ट्राफिक प्रहरीलाई उपलब्ध गराउने,

- सार्वजनिक सवारीको प्रत्येक रुटमा चढाउने र ओराल्ने स्थान तोक्नुपर्ने, यसका लागि निर्धारित बोर्ड चिन्ह र स्थानको विकासरव्यवस्थापन गर्नुपर्ने ।

- उपत्यका जस्तो सवारी चाप भएको स्थानमा साना सवारी (कार, मोटरसाइकल, टेम्पो, माइक्रो) को सट्टामा ठुला सार्वजनिक सवारीलाई प्रोत्साहन गर्नुपर्ने,

- लेन मार्किङ, ट्राफिक सिग्नल जस्ता सडक फर्निचरको व्यवस्था गर्नुपर्ने ।