• २ असार २०८१, आइतबार

माओवादी केन्द्रीय समिति बैठकः

माओवादीकाे राजनीतिक प्रतिवेदन पारित, बैठक एक घण्टाका लागि स्थगित

blog

काठमाडौं, असार २३ गते। सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन पारित भएको छ। 

यससँगै अध्यक्ष दाहालले एक सय २५ जनाको पोलिट्ब्युरोको नाम सम्बोधन गर्नुभएको थियो। यस विषयमा केहीको नाम छुटेको भन्ने आएपछि माओवादी केन्द्रका पूर्व स्थायी कमिटीका सदस्य छलफलमा लाग्नुभएको जगत सिंखडाले जानकारी दिनुभयो।

त्यसपछि केन्द्रीय समितिको बैठक भने एक घण्टाका लागि स्थगित गरिएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “पीबीको नाम वाचन भयो। तर, केही साथीहरुको छुटेको भन्ने आयो। अहिले अध्यक्षसहित पूर्वस्थायी कमिटीका सदस्य होमवर्क गर्दै हुनुहुन्छ। स्थायी कमिटी, पोलिट्ब्युरो आजै टुङ्गो लाग्ने भन्नेछ।”