• ८ मंसिर २०८२, सोमबार

लागुऔषधसहित दुई जना पक्राउ

blog

काठमाडौँ, मङ्सिर ८ गते । प्रहरीले काठमाडौँ महानगरपालिका-२६ केशरमहल चोकबाट अवैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा घर भई हाल काठमाडौँ बौद्ध बस्ने २८ वर्षीय प्रकाश श्रेष्ठ तथा दोलखा घर भई काठमाडौँ बुढानिलकण्ठ बस्ने २८ वर्षीय देबेन्द्र लामा रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले बा.३६ प ७८८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।” पक्राउ परेकाको साथबाट प्रहरीले नियन्त्रित लागुऔषध डाइजेपाम २० एम्पुल, फेनारगन २३ एम्पुल र बुप्रेनोर्फिन २० एम्पुल बरामद गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रासस