अबुजा(नाइजेरिया), मङ्सिर ८ गते । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले देशको मध्य क्षेत्रमा गत हप्ताको सुरुमा अपहरण गरिएका कम्तीमा ८९ जना पीडितको उद्धार भएको पुष्टि गर्नु भएको छ ।
उद्धार गरिएका पीडितमा क्वारा राज्यको एरुकुको चर्चमा प्राथनाको क्रममा अपहरण गरिएका ३८ जना उपासक र शुक्रबार नाइजरको स्कूल आक्रमणमा पक्राउ परेका कम्तिमा ५१ जना विद्यार्थी रहेको टिनुबुले सामाजिक सञ्जाल एक्समा मार्फत एक विज्ञप्ति जारी गर्दै बताउनु भएको हो ।
अगवारा स्थानीय सरकारी क्षेत्रको सेन्ट मेरी स्कुलमा आक्रमण गर्ने आतङ्ककारीले कम्तीमा ३१५ जना विद्यार्थी तथा शिक्षकलाई बन्धक बनाएको बताइएका छन् । उहाँले नाइजेरियामा भएको अपहरणको घटनाको कारण दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको जी-२० शिखर सम्मेलनका लागि तय भएको योजनाबद्ध यात्रा रद्द गर्नु भएको थियो ।
पिडितहरुको उद्धार सुरक्षा एजेन्सीको समन्वयमा गरेको अपरेसनको कारण सम्भव भएको बताउनु भएको छ । प्रत्येक नाइजेरियालीलाई राज्यमा, सुरक्षाको अधिकार रहेको उल्लेख गर्दै राष्ट्रलाई सुरक्षित बनाई जनताको रक्षा गर्ने “टिनुबुले बताउनु भएको छ ।
नाइजेरियाका राष्ट्रपतिले प्रहरी र सरकारी अधिकारीलाई जनताको सुरक्षामा ध्यान केन्द्रित गरि सुरक्षा प्रदान गर्न आदेश दिदै टिनुबुले देशमा विद्यमान सुरक्षा चुनौतिलाई ध्यानमा राख्दै सबै समुदायमा प्रहरी परिचालन गर्नु पर्ने बताउनु भएको छ । रासस/सिन्ह्वा