शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
क्वालालम्पुर (मलेसिया), मङ्सिर ८ गते । मलेसियामा हालै आएको बाढीको कारण दश हजारभन्दा बढी मानिस विस्थापित भएको उल्लेख गर्दै उत्तरी राज्य केलान्टान सबैभन्दा बढी प्रभावित भएको अधिकारीहरूले सोमबार घोषणा गरेका छन् ।
लामो समयदेखि भइरहेकोे भारी वर्षाका कारण आएको बाढीबाट प्रभावित आठ हजार २४८ जनालाई सुरक्षित स्थानमा स्थानान्त्रण गरिएको रेकर्ड सार्वजनिक गरिएको छ । अधिकारीहरूका अनुसार विस्थापितलाई ३३ वटा अस्थायी बाढी पीडित राहत केन्द्रमा सारिएको छ ।
मलेसियाको मौसम विभागले हाल निरन्तररुपमा भारी वर्षा र तीव्र हावाहुरीको चेतावनी जारी गरिरहेको छ । यस अघि सन् २०१४ डिसेम्बरमा, मलेसियामा आएको अप्रत्याशित बाढीको कारण लगभग चार लाख मानिस विस्थापित हुनुका साथै मानवीय तथा भौतिक क्षतिको सामना गरेका थिए । रासस/क्यूएनए