• ८ मंसिर २०८२, सोमबार

स्वदेश फर्कियो दृष्टिविहीन महिला टी–२० विश्वकप उपविजेता टोली

blog

स्वदेश फर्किएको नेपाली दृष्टिविहीन महिला क्रिकेट टोली ।

काठमाडौँ, मङ्सिर ८ गते । दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता बनेको नेपाली क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल क्रिकेट सङ्घ (क्यान), नेपाल दृष्टिविहीन क्रिकेट सङ्घका पदाधिकारीलगायतले स्वागत गरे । 

श्रीलङ्काको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा नेपाल भारतसँग सात विकेटले पराजित भएको थियो । 

पहिलो पटक आयोजित दृष्टिविहीन महिला टी–२० विश्वकपको उपाधि भारतले जित्यो । नेपालले सेमिफाइनलमा पाकिस्तानलाई हराएर फाइनलमा स्थान बनाएको थियो । 



लेखक बाट थप