काठमाडौँ, मङ्सिर ८ गते । डोल्पा, हुम्ला, बाजुरा र दार्चुला जिल्लाका सर्वश्री सुमित्रा बूढा, सौमती शाही, प्रतीक्षा विष्ट र इशारा कोट्टारीलाई जनही तीस–तीस हजार रुपियाँ राशिसहित ‘नइ कपिल विद्यापदक’ समर्पण गरिएको छ ।
नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले चारै जना छात्रालाई अनलाइनबाट पुरस्कारका राशि प्रदान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार चार दुर्गम जिल्लाका छात्राहरू २०८२ सालका सर्वोत्कृष्ट घोषित भएका हुन् ।
चार जिल्लाका सरकारी स्कुलबाट कक्षा १२ का छात्रामध्ये सर्वोत्कृष्टलाई ‘नइ कपिल विद्या पदक’ प्रदान हुँदै आएको छ । सर्वोत्कृष्ट घोषित छात्राहरू डोल्पाको आदर्श स्कुल, हुम्लाको मानसरोवर स्कुल, बाजुराको जनप्रकाश स्कुल र दार्चुलाको लटीनाथ स्कुलका छन् ।
नइ एकेडेमीले २०७९ सालदेखि सुप्रसिद्ध मनोचिकित्सक डा.कपिलदेव उपाध्यायका सम्मानमा बर्सेनि ‘नइ कपिल विद्यापदक’ समर्पण गर्दै आएको छ ।