• ८ मंसिर २०८२, सोमबार

बजारमा सडक कालोपत्रे गरिँदै

blog

गाईघाट बजार क्षेत्रका सडकमा कालोपत्रे गर्न अलकत्रा छरिँदै ।तस्बिर : भक्ति विलास पोखरेल

गाईघाट समाचारदाता

गाईघाट, मङ्सिर ८ गते  । उदयपुरको त्रियुगा नगरपालिकास्थित जिल्ला सदरमुकामको गाईघाट बजार क्षेत्रको करिब १५ किलोमिटर सडकमा कालोपत्रे गर्न सुरु भएको छ । विश्व बैङ्कको आर्थिक सहयोग र नेपाल सरकारको कार्यान्वयन योजना अन्तर्गत करिब ६६ करोड रुपियाँको लागतमा निर्माणाधीन सडकको कालोपत्रे सुरु भएको हो । 

विश्व बैङ्कले सहरी विकास मन्त्रालयमार्फत ‘सहरी सुशासन तथा पूर्वाधार सुधार कार्यव्रmम (युजिआइपी) अन्तर्गत त्रियुगा नगरपालिकाका वडा नं १०, ११, १२ र १३ समेत चार वटा वडालाई जोड्ने गरी निर्माणाधीन विभिन्न नौ वटा सडकको कालो पत्रेको गरिएको हो ।

नगरको महìवपूर्ण सहरी क्षेत्र गाईघाट बजारको विकासमा सहयोग पुग्ने उक्त सडक निर्माणका लागि विश्व बैङ्कले उपलब्ध गराएको आर्थिक सहयोगलाई नगरले गौरवको आयोजनाका रूपमा लिएर काम अगाडि बढाएको नगरप्रमुख वसन्तकुमार बस्नेतले बताउनुभयो । नगरभित्र पर्ने दुई वटा ठुला सडक मदन भण्डारी र सगरमाथा राजमार्गलाई जोड्दै बजार क्षेत्रका महìवपूर्ण सडक एक आपसमा जोडिने गरी लिङ्क रोडका रूपमा निर्माण गरिएको करिब १५ किमी सडकमा अस्फाल प्रविधिको कालोपत्रे सुरु भएपछि गाईघाट बजार धुलोमुक्त भएको नगरप्रमुख बस्नेतले वबताउनुभयो । चार वटा वडाका नौ वटा सडकलाई दुई प्याकेज गरी टेन्डर आह्वान गरिएको थियो । पहिलो प्याकेजमा करिब १० किलोमिटर सडक र दोस्रो प्याकेजमा करिब पाँच किलोमिटर सडक निर्माण गर्ने गरी आशिष–आशीर्वाद–स्वामी नारायण जेभी निर्माण कम्पनिसँग भ्याटसहित ६६ करोड ११ लाख १४० रुपियाँमा ठेक्का लगाइएको थियो ।