• ८ मंसिर २०८२, सोमबार

लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरू

blog

लुम्बिनी प्रदेश सभा भवन ।

सन्तोष दहित 
दाङ, मङ्सिर ८  गते ।
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन सोमबार दिउँसो १ बजेबाट सुरु हुने भएको छ । अधिवेशनको पहिलो बैठकका लागि प्रदेशसभा सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

प्रदेश सभा सचिव दुर्लभ पुन मगरका अनुसार पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विभिन्न पत्रहरू सभामुखले पढेर सुनाउने कार्यक्रम रहेको छ । ती पत्रहरूमा सातौं अधिवेशन आह्वान सम्बन्धी पत्र, मन्त्रिपरिषद् पुनःगठन गरिएको सम्बन्धी पत्र र छैठौं अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्रहरू समावेश छन् ।

त्यसपछि सभामुखले सदस्यहरूको अनुपस्थितिको जानकारी सभामा गराउने र दलहरूको तर्फबाट माननीय सदस्यहरूले शुभकामना मन्तव्य दिने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

यससँगै लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन औपचारिक रूपमा प्रारम्भ हुने प्रदेश सभा सचिव पुन मगरले जानकारी दिनुभयो ।