• ८ मंसिर २०८२, सोमबार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, मङ्सिर ८ गते । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ८८ पैसा र बिक्रीदर १४३ रुपियाँ ४८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपियाँ ४९ पैसा र बिक्रीदर १६५ रुपियाँ १८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपियाँ ०७ पैसा र बिक्रीदर १८७ रुपियाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपियाँ ६५ पैसा र बिक्रीदर १७७ रुपियाँ ३९ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ १४ पैसा र बिक्रीदर ९२ रुपियाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ३२ पैसा र बिक्रीदर १०१ रुपियाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ३५ पैसा र बिक्रीदर १०९ रुपियाँ ८१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ १४ पैसा र बिक्रीदर नौ रुपियाँ १७ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ १० पैसा र बिक्रीदर २० रुपियाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ १० पैसा र बिक्रीदर ३८ रुपियाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ २१ पैसा र बिक्रीदर ३९ रुपियाँ ३७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ४१ पैसा र बिक्रीदर चार रुपियाँ ४३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ९० पैसा र बिक्रीदर ३९ रुपियाँ ०६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ ४४ पैसा र बिक्रीदर ३४ रुपियाँ ५८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७२ पैसा र बिक्रीदर नौ रुपियाँ ७६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ९६ पैसा र बिक्रीदर १५ रुपियाँ ०२ पैसा  र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ०३ पैसा र बिक्रीदर २२ रुपियाँ १२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ३६ पैसा र बिक्रीदर १८ रुपियाँ ४४ पैसा, कुवेती दिनार एकको खरिददर ४६४ रुपियाँ ८३ पैसा र बिक्रीदर ४६६ रुपियाँ ७८ पैसा, बहराइन दिनार एकको खरिददर ३७८ रुपियाँ ९९ पैसा र बिक्रीदर ३८० रुपियाँ ५८ पैसा , ओमनी रियाल एकको खरिददर ३७१ रुपियाँ ६० पैसा र बिक्रीदर ३७३ रुपियाँ १६  पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस